काठमाडौं, भदौ २० । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा आज १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने छ।
भदौ १० भोटेकोशीसहित त्रिशुली नदीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङद्वारा जारी सूचनामा आज बिहान ६ देखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।क्षतिग्रस्त सडकको आवश्यक मर्मतपछि दुईतर्फी सडक सुचारु हुनेछ ।




प्रतिक्रिया