आज हाकु-२१६ सुरुङमा फसेका सबैको जीवितै उद्धार होस् : ज्ञानेन्द्र शाही


काठमाडौं, भदौ २० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हाकु–२१६ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको आजै जीवित उद्धार होस् भन्दै प्रार्थना गरेका छन्।

शाहीले आज बिहानै भगवानसँग हाकु–२१६ सुरुङभित्र जमेको हिलो र पानी आजै निकालेर उद्धारको बाटो सहज बनोस् भन्दै उनले त्यसपछि ड्याम क्षेत्रमा थुप्रिएको फोहोर तथा अन्य अवरोध हटाएर सुरुङभित्र फसेका सबै नागरिकलाई जीवितै उद्धार गर्न सकियोस् भन्ने समाजिक सञ्जालमार्फत कामना गरेका छन् ।

‘आज बिहानै भगवानसँग यही प्रार्थना गरौँ हाकु–२१६ सुरुङभित्र जमेको हिलो र पानी आजै निकालेर सकियोस् । त्यसपछि ड्याम क्षेत्रमा थुप्रिएको फोहोर तथा अवरोध हटाउँदै सुरुङभित्र फसेका सबै नागरिकको जीवितै उद्धार गर्न सकियोस्।’ उनले फेसबुकमा लेखेका छन्

शाहीका अनुसार उनले नेपाली सेनासँग भर्खरै कुराकानी गर्दा सुरुङमा फसेकाहरूको उद्धारका लागि भइरहेको प्रयासबारे जानकारी पाएका छन्। लामो समयदेखि आफन्तको उद्धारको प्रतीक्षामा रहेका परिवारलाई लक्षित गर्दै शाहीले आजको दिन उनीहरूका लागि खुसीको दिन बन्ने आशा व्यक्त गरेका छन्।

शाहीले लेखेका छन्,‘भर्खरै नेपाली सेनासँग कुरा गर्दा उहाँहरूले उद्धार कार्यमा भइरहेको प्रयासबारे जानकारी गराउनुभएको छ। आशा गरौँ, आजको दिन लामो समयदेखि व्यग्र प्रतीक्षामा रहेका उहाँहरूका परिवारका लागि खुसीको दिन बन्नेछ,’