काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । तीनदिने औपचारिक भ्रमणका क्रममा उनी आज(शनिकार) नेपाल आइपुगेका हुन् ।
गत भदौ १० मा रसुवामा आएको भीषण बाढीपछि बेपत्ता दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धार प्रगतिबारे बुझ्न, बेपत्ताका परिवारसँग भेट गर्न र नेपाल सरकारका अधिकारीलाई भेट्ने उनको कार्यतालिका छ ।
रसुवामा आएको बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ जना नागरिक बेपत्ता भएका छन् ।
नेपाल भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुनर्स्थापना, राहत तथा उद्धारका प्रयास र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा नेपाली पक्षसँग छलफल गर्ने बताइएको छ ।




प्रतिक्रिया