काठमाडौँ । नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक सुरुभएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा (बादल) ले पुनर्लेखनसहित पेस गर्ने तयारी छ ।
बैठकमा एमाले अध्यक्ष ओली भने सहभागि छैनन् ।




प्रतिक्रिया