१५औँ महाधिवेशन एक घण्टा पनि सर्दैन : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् ।

शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सभापति थापाले १५औँ महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने स्पष्ट पारे।

‘संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ । त्यसैले महाधिवेशन एक घण्टा पनि सर्दैन, घोषित मितिमै हुन्छ,’ उनले भने ।

पार्टीभित्र देखिएको केही अन्योललाई पूर्णविराम लगाउँदै उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई तोकिएकै समयमा महाधिवेशन हुने कुरामा विश्वस्त रहन उनले आग्रह गरे ।