कांग्रेस इतर समूहले बाेलायाे आकस्मिक बैठक


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आकस्मिक बैठक बोलाएको छ । पार्टीको १५ औं महाधिवेशनबारे छलफल गर्न इतर समूहले आकस्मिक बैठक बोलाएको हो ।

पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताले चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजेका लागि आकस्मिक बैठक भनेर आफूलाई बोलाइएको जानकारी दिए ।

दिउँसो २ बजे बस्ने बैठकपछि अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर समूहको धारणा सार्वजनिक गर्ने तयारी चुनदेवीले गरेको स्रोतले बतायो ।