काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन समुहले तयारी गरेको असोज ३ गतेबाट हुने पार्टीको अधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।
चुनदेवीमा पत्रकार सम्मेलन गर्दै इतर पक्षका १५ औँ महाधिवेशनको तयारी संयोजन समितिका संयोजक डा.शशांक कोइरालाले संस्थापनले महाधिवेशनको कुनै गतिविधिमा सहभागी नहुन नेता कार्यकर्तालाई अपिल गरेका हुन्।
उनले मंसिर २१ देखि २३ गते सम्पन्न हुने महाधिवेशनलाई सफल बनाउन लाग्न आग्रह गरे।
विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर पार्टीलाई पुनः सशक्त बनाउने बताए। हिजो केन्द्रीय बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असोज ३ गतेको वडा अधिवेशनमा सहभागी भएका नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको थियो। देउवा समुहले भने संस्थापनले गरेको उक्त निर्णयलाई अस्विकार गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया