स्टार्टअपलाई क्लासिक टेकको १ जीबीपीएस इन्टरनेट, ४० प्रतिशतसम्म छुट


काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय र स्टार्टअपलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपले प्याकेजअन्तर्गत १ जिबिपिएस इन्टरनेट गति, १ टेराबाइट डाटा र सार्वजनिक आइपि सेवामा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। प्याकेजमा वाईफाई सिक्स राउटर निःशुल्क उपलब्ध गराउनुका साथै सर्वेक्षण, जडान तथा सेटअप सेवा पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकको भनाइ छ। प्याकेजसम्बन्धी थप जानकारी तथा सदस्यताका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने कम्पनीले जनाएको छ।