मुस्ताङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन्।

धमला मुस्ताङकाे जाेमसाेममा पुगेर मंगलबार बिहान भगवान् मुक्तिनाथको दर्शन तथा पूजाअर्चना गरेका हुन्। मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा परिचित छ।
दर्शनका क्रममा धमलाले देशमा शान्ति, समृद्धि र सुशासन कायम होस् तथा नेपाली जनताको सुख, शान्ति र समृद्धिको कामना गरेको बताइएको छ। उनी आजैदेखि मुस्ताङमा सुरु भएकाे ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ मा पनि सहभागि भएका थिए।





प्रतिक्रिया