कांग्रेस रामेछापका नेता भरत चौलागाईं पक्राउ


काठमाडौँ । नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बिहीबार साँझ रामेछापको मन्थलीबाट नियन्त्रणमा लिइएको हो।

कांग्रेसको संस्थापन पक्षमा रहेका चौलागाईं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन्। पार्टीको १५औँ महाधिवेशनको तयारीसम्बन्धी बैठकमा सहभागी हुन उनी मन्थली पुगेका बेला पक्राउ परेका हुन्।

सीआईबीले रकम असुलीका लागि कुराकानी तथा डिल गरेको भनिएको अडियोसमेत फेला पारेको जनाएको छ। एआईजी चतुर्वेदीले प्रारम्भिक रूपमा केही प्रमाण भेटिएकाले त्यसको अनुसन्धानका लागि चौलागाईंलाई नियन्त्रणमा लिइएको बताए।

उनलाई काठमाडौँ ल्याएर थप अनुसन्धान गरिने चतुर्वेदीले जानकारी दिए ।