चितवन – भरतपुर महानगरपालिका-२ आँपटारीबाट अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणहरू सहित भारतीय नागरिक २५ वर्षीय Kathram Nithin लाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनको साथबाट मोबाइल २६ थान, ल्यापटप २ थान, सिमकार्ड ९५ थान, सिपियु ४ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, युएसबि ६ थान, राउटर २ थान, विभिन्न प्रकारका डेटा केबुलहरू लगायतका सामानहरू समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा ती उपकरण तथा सामाग्रीहरू अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) मा प्रयोग गरिएको भन्ने खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया