सहसचिव रुद्रसिंह तामाङ सचिवमा बढुवा


काठमाडौँ । नेपाल सरकारले प्रशासन सेवाका सहसचिव रुद्रसिंह तामाङलाई निजामती सेवाको विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो।

यसैगरी, सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ । श्रेष्ठ हाल प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा थिए ।