एमालेको कार्यदल र केन्द्रीय सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले) को पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।

कार्यदलको बैठक आइतबार बिहान ८:०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

यस्तै, केन्द्रीय सचिवालयको बैठक आइतबार दिउँसो १:०० बजे बस्ने गरी बोलाइएको आचार्यले बताएका छन् ।

एमालेले केन्द्रीय कमिटीको बैठक पनि बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए । केन्द्रीय कमिटीको बैठक असोज ५, ६ र ७ गते ललितपुरको भनिण्डलस्थित रामबाग महलमा बस्नेछ ।