झापामा गोरुगाडामा मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु



झापा । झापाको झापा गाउँपालिका–४, मा गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिंघीमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले जानकारी दिए ।

उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए । छातीमा गम्भीर चोट लागेका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ ७:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । रासस