काठमाडौँ । राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ। उनलाई आइतबार बिहान मोरङको बेलबारी क्षेत्रबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको पक्राउ पुर्जीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। विद्युतीय अपराध वा सामाजिक सञ्जालमार्फत व्यक्त अभिव्यक्तिका विषयमा अनुसन्धानका लागि ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही पुर्जीका आधारमा मोरङ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दाहाललाई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउनका लागि आजै काठमाडौँ ल्याउने तयारी भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया