नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक


काठमाडौँ, ४ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी संयोजन समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा रसुवामा आएको बाढीपहिरोपछि उत्पन्न अवस्था, सरकारको राहत तथा उद्धारका काम र विपद्को समयमा पार्टीले खेलेको भूमिकाबारे छलफल हुने जनाइएको छ।

त्यसैगरी, बाढीपहिरो प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आगामी दिनमा गर्नुपर्ने काम र सरकारलाई दिनुपर्ने सुझावबारे पनि बैठकमा छलफल हुनेछ।

प्रवक्ता ज्वालाका अनुसार बैठकमा पार्टीका आन्तरिक संगठनात्मक विषयसँगै समसामयिक राष्ट्रिय राजनीतिक अवस्थाबारे समेत छलफल हुनेछ।

बैठकपछि बाढीपहिरो प्रभावितको राहत, उद्धार र पुनर्स्थापनामा सरकारले गरेका कामको समीक्षा गरी आवश्यक सुझाव दिइनेछ। साथै, विपद्का बेला पार्टीले खेलेको भूमिकाको समीक्षा गर्दै सरकारको ध्यानाकर्षण गराइने ज्वालाले जनाएको छ।