काठमाडौँ । नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज देशभर वडा कमिटीहरूको अधिवेशन जारी छ। पार्टीको विधानअनुसार केन्द्रीय सभापतिसम्मका शीर्ष नेतृत्व पनि अनिवार्य रूपमा क्षेत्रीय प्रतिनिधि चुनिनुपर्ने व्यवस्था रहेकाले यसपटक क्षेत्रीय प्रतिनिधि चयनलाई लिएर नेता तथा कार्यकर्ताहरूबिच तीव्र रस्साकस्सी सुरु भएको छ।
काङ्ग्रेसको विधानले माथिल्लो तहको जुनसुकै पदमा पुग्नका लागि वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर आउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। यही वैधानिक प्रावधानका कारण केन्द्रीय तहका नेताहरूसमेत आ-आफ्नो गृह वडामा पुगेर क्षेत्रीय प्रतिनिधि बन्ने होडबाजीमा लागेका छन्। माथिल्लो तहको राजनीति सुरक्षित गर्नका लागि अधिकांश नेता तथा कार्यकर्ताहरू यतिबेला वडा अधिवेशनमै केन्द्रित भएका हुन्।




प्रतिक्रिया