काठमाडौं । ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातका चालक दावा लामाले आफ्नै गाडीमा आगो लगाएको घटनाप्रति राष्ट्रिय जेनजी नागरिक अभियानले सरकारको चर्को आलोचना गरेको छ। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जेनजी रमेश रावलले उक्त घटनाप्रति सरकारसँग जवाफ मागेका छन् ।
‘यो देशका युवा, महिलाहरू दिनप्रतिदिन किन आफूलाई जलाउँदैछन् ? यो सरकारसँग जवाफ छ कि छैन ?’ उनले प्रश्न गरे।
रावलले बालेन शाह नेतृत्वको सरकार गठनसँगै महँगी बढेको, ग्यासको अभाव भएको र युवाहरू झन् विदेशिनुपर्ने अवस्था आएको आरोप लगाए।
जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनमा आगजनी भएको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी सरकारमाथि थोपरे। ‘बालेन सरकार धन्यवाद छ, तिमिले गर्दा सिंहदरबार जल्यो, तिमिले गर्दा गणेश नेपालीको ज्यान गयो,’ उनले भने।
सरकारको ज्यादतीकै कारण दावा लामाले ज्यानको प्रवाह नगरी आगो लगाएको उनले दाबी छ । उनले महँगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार असफल भएको आरोप लगाए।

यसैबीच, अभियानका प्रवक्ता विर्जन विश्वकर्माले दावा लामाको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रधानमन्त्री बालेन शाह र ट्राफिक प्रमुखले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए। उनले प्रधानमन्त्रीमाथि ‘राज्य आतंक’, अर्थमन्त्रीमाथि ‘कर आतंक’ र गृहमन्त्रीमाथि ‘सुरक्षा आतंक’को आरोपसमेत लगाए।




प्रतिक्रिया