काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक आज बिहान ९ बजेदेखि भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुँदैछ। बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सुरु हुने पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई पार्टीको अवस्था, अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा धारणा राख्न अधिकतम तीन मिनेटको समय छुट्याइएको छ।
अध्यक्ष ओलीले पहिलो दिन प्रस्तुत गरेका नौवटा एजेन्डामध्ये आठवटामाथिको प्रक्रिया आजदेखि अघि बढाइने तयारी छ। बैठकले केन्द्रीय सदस्यहरूको मनोनयनसँगै विभिन्न विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनसम्बन्धी एजेन्डामा पनि छलफल गर्नेछ।
त्यसैगरी सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन तथा अनुशासनसम्बन्धी दृष्टिकोण तय गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ ।




प्रतिक्रिया