काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रक्रियामा हस्तक्षेप गर्न खोजेको भन्दै महासचिव शंकर पोखरेलले असन्तुष्टि जनाएका छन्।
सोमबार बैठकपछि पोखरेलले भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर करिब साढे तीन घण्टा छलफल गरेका थिए। छलफलमा बैठक सञ्चालनको स्थापित विधि पालना गर्नुपर्ने र एकतर्फी ढंगले प्रक्रिया अघि बढाइए परिस्थिति अप्रिय हुनसक्ने चेतावनी पोखरेलले दिएको उनीनिकट स्रोतले जानकारी दियाे ।
ओलीले प्रस्ताव गरेका एजेन्डामाथि पर्याप्त सरसल्लाह नभएको तथा केही नेतामाथि अनुशासनको कारबाही गर्ने तयारीप्रति पनि पोखरेल असन्तुष्ट रहेको बताइएको छ।
यसैबीच, आजको बैठकमा महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पेश गर्नुपर्ने माग उठाउने तयारी केही केन्द्रीय सदस्यले गरेका छन्।




प्रतिक्रिया