एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । सोमबारदेखि भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बैठक जारी छ ।

बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा धारणाा राख्नेछन् ।

हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरू राख्ने गरी समय व्यवस्थापन गरिएको बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबारको बैठकमा जानकारी गराएका नौ वटा एजेण्डामध्ये आठवटाको कारबाही आजबाट सुरु हुने भएको छ । आजबाट क्रमशः केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनय, विभागहरूको गठन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठनका एजेण्डा अघि बढाउने तयारी छ ।