२१ वर्षीय नवीन राज ढुंगाना कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित


धादिङ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट धादिङका २१ वर्षीय युवा नवीन राज ढुंगाना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।

नीलकण्ठ नगरपालिका–५ निवासी ढुंगाना विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। युवा पुस्ताको राजनीतिमा सहभागिताबारे बहस भइरहेका बेला कम उमेरमै ढुंगाना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्।

कांग्रेसमा युवा पुस्ताको सक्रिय सहभागिता बढाउनुपर्ने आवाज उठिरहेका बेला २१ वर्षीय ढुंगानाको निर्वाचितले पार्टीको स्थानीय तहमा युवाको प्रतिनिधित्वलाई समेत देखाएको छ।

युवा पुस्ताको सहभागिताले पार्टीको संगठनमा नयाँ ऊर्जा र उत्साह थपिएको कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले बताएका छन्।