एमाले बैठक : कार्यसूचीमाथि नेताहरुले जनायाे आपत्ति


काठमाडौं । एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले आपत्ति जनाएपछि भोलि बुधबार विहान सचिवालय बैठक बस्ने र बिहीबारमात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गरिने भएको हो ।

केन्द्रीय कार्यालयस्रोतका अनुसार भोलि विहान सचिवालय बैठकले कार्यसूची अनुमोदन गरेपछि दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक शुरु हुने भएको छ ।

बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि सबैको भनाइ राख्न समय दिइने र बिहीबार बेलुकीसम्म बैठक समापन गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।