काठमाडौँ, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीमा परेका नागरिकको उद्धार कार्य प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले सरकारले सुरुङभित्र फसेका व्यक्तिको बेलैमा उद्धार गरेको भए जीवितै उद्धार गर्न सकिने अवस्था थियो भने । तर, उद्धारमा ढिलाइका कारण शव मात्रै निकाल्नु परेको उनले गुनासो गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणी न्यौपानेले अदालत र न्यायलय पनि अब विधिमा चल्नुपर्छ भन्दै न्यायपालिकाको पुनःसंरचना आवश्यक भएको बताए । समय सापेक्ष न्यायालय बनाउनेमा जोड दिर्दै उनले न्यायाधीशको सम्पत्ति छानबिन गर्न आग्रह गरे ।
नेपाली कांग्रेसका मदनकृष्ण श्रेष्ठले हवाई सुरक्षाको विषयमा कुनै पनि सम्झौता गर्न नसकिने बताउदै नेपाल वायु सेवा निगमलाई व्यवस्थीत बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।




प्रतिक्रिया