काठमाडौँ । सोमबार त्रिपुरेश्वरमा चालक अर्जुन दोङ तामाङले ट्राफिक प्रहरीसँगको विवादपछि भएको आत्मदाहको घट्नाको निष्पक्ष छानविनको माग राख्दै प्रदर्शन भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
चालक तामाङले ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगजनी गरेका थिए।
उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको कीर्तिपुरस्तित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।




प्रतिक्रिया