काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोज २१ गते सातै प्रदेशको अधिवेशन गर्ने भएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सात वटै प्रदेशको अधिवेशन एकैदिन गर्ने मिति तय भएको छ ।
प्रदेश अधिवेशनका लागि राप्रपाले सातै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाइसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्रपाले कोसीमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई खटाएको हो।
राप्रपाले आउँदो मंसिरको २६ देखि २८ गतेसम्म काठमाडौंमा महाविधेशन गर्ने तय गरेको छ। राप्रपाले स्थानीय तह र जिल्लाको अधिवेशन यसअघि नै सम्पन्न गरिसकेको छ ।
जुम्ला र धनकुटामा भने अधिवेशन हुन सकेको छैन। त्यस्तै, भोटेकोसी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा पनि अधिवेशन गर्न बाँकी छ। पाँचै जिल्लामा असोज १५ गतेभित्र अधिवेशन गर्ने समय तोकिएको छ।




प्रतिक्रिया