भक्तपुर, ७ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने आफ्नो पहिलो दायित्व हुने बताएका छन् ।
आज भक्तपुरको बागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
, भक्तपुरवासीलाई कुनै पनि रोगको उपचार गर्न काठमाडौँ वा धुलिखेल जानु नपरोस् भनेर लागेको छु, यसको लागि भक्तपुर, ख्वप, सूर्यविनायक नगर, नेपाल कोरियामैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताल, निजी अस्पताललगायत भक्तपुरमा सञ्चालित सबै सरकारी तथा निजी अस्पताललसँग दुई तीन महिनामै समन्वय गरेर प्रत्येक अस्पतालमा एक–एक वटा विशेषज्ञ सेवा सञ्चालन गर्ने मुख्यमन्त्री थापाले जानकारी दिए ।
उनले भक्तपुरमा सबै तहको पढाइ हुन्छ भन्ने बोध गराउनु मेरो कर्तव्य हुनेछ, भनेका छन्। मुख्यमन्त्री थापाले भने, “भक्तपुरमा टुरिष्ट गाईड तालिम दिएर राजेगारी वृद्धि गर्ने, भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक, मध्यपुरथिमि सबै क्षेत्रमा पर्यटनको विकास गर्दै पर्यटकको हव बनाउन म लागिरहेको छु, ।”




प्रतिक्रिया