काठमाडौं । कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ बन्द भएको हो ।
प्रहरीका अनुसार काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुबैतर्फ बाटो पूर्ण रुपमा बन्द छ ।
उक्त ठाउँ भट्टे डाँडाबाट करिब ५५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया