नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा रुषा न्यौपाने नियुक्त


काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । नव लक्स र रुषाबीच कागजी सम्झौता पनि भइसकेको छ ।

जनवरी २०२६ देखि नेपालमै उत्पादन हुँदै आएको नव लक्समा फेसवास, मोइस्चराइजर, टोनर, एसपी ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम गरी ६ वटा प्रोडक्ट रहेको वन लक्सले जनाएको छ ।

रुषा अहिले छायांकन भइरहेको चलचित्र ‘म मदनकृष्ण’की अभिनेत्री हुन् । उनले यसअघि ‘जन्ते बाख्रो’लगायत फिचर फिल्लमा काम गरिसकेकी छन् । रुषाले दर्जनौँ म्युजिक भिडियोमा पनि काम गरेकी छन् ।

“म यो ब्रान्डसँग जोडिन पाउँदा आफैँमा खुसी छ । आफैँले प्रयोग गर्दै आएको कस्मेटिकको ब्रान्डसँग जोडिन पाउनु मेरा लागि गौरवको कुरा हो,” रुषाले भनिन्, “म यो ब्रान्डलाई माथि उठाउन र जनस्तरसम्म पुर्याउन मैसे सकेको गर्नेछु ।