तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने


भक्तपुर, ११ असोज । आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल दुई करोड निकासा गर्ने बताएको छ ।

बाढीको जोखिम भएका स्थानको  निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताएको हो । उनले भने, “प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट  करोड निकासा गर्नेछौँ ।