काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ ।
थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आइतबार ठाडो खोला र घट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्याएको थियो । आइतबार साँझ घट्टे खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएको थियो ।
मर्स्याङ्दी नदी थुनिएपछि स्थानीयहरू डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका थिए ।
मौसम खुलेसँगै चामेवासीहरू आज बिहानै घर फर्किएका छन् ।




प्रतिक्रिया