राष्ट्रपति पौडेलसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस


काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रमबिच आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

नेपालको संविधानको धारा २९४ मा उल्लिखित संवैधानिक व्यवस्थाबमोजिम आयोगले आफ्नो वार्षिक कार्यप्रगति तथा आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।