६ करोड १० लाखको घर कारोबारमा १ करोड २८ लाख रकम भुक्तानी पाउन बाँकी रहेको केसीको दाबी, वडा कार्यालयमा भएको लिखित सम्झौता उल्लंघन गरी चरित्र हत्या गर्न खोजिएको पत्रकार सम्मेलनमा केसीको गुनासो।
काठमाडौँ। घर पास भइसकेपछि सम्झौताबमोजिम पाउनुपर्ने १ करोड २८ लाख रुपैयाँ भुक्तानी नपाएपछि काठमाडौँको सीतापाइलास्थित घर खाली नगरेको घरबिक्रेता कैलाश केसीले स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै केसीले दुईपक्षीय लिखित सहमतिविपरीत खरिदकर्ता र उनका परिवारले रकम नतिर्ने नियतका साथ आफ्नो चरित्र हत्या गर्न मिडियाबाजी गरेको आरोप लगाएका छन्।
नागार्जुन नगरपालिका वडा नं. ४ को कार्यालयमा दुवै पक्षको उपस्थितिमा भएको सहमति पत्रअनुसार लिजा पुडासैनी र उनका सासू–ससुरा तथा श्रीमान्ले दबाब र धाकधम्की दिई घर खाली गराउन खोजेको केसीको भनाइ छ । केसीका अनुसार ६ करोड १० लाख रुपैयाँको कुल कारोबारमा अझै १ करोड २८ लाख रुपैयाँ आफूले भुक्तानी पाउन बाँकी छ ।
वडा कार्यालयमा गरिएको सहमतिपत्रअनुसार, काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ (साविक सीतापाइला गा.वि.स. वडा नं. ४) स्थित कित्ता नं. २४४ को २२७.१० वर्गमिटर क्षेत्रफलमा रहेको घरजग्गा खरिद-बिक्रीका क्रममा लिजा पुडासैनी र कैलाश केसीबीच कुल ६ करोड १० लाख रुपैयाँमा कारोबार तय भएको थियो। तर अरु रकम दिएर लिजा पुडासैनीले प्राइम बैंकको १ करोड २८ लाख रुपैयाँको चेक केसीलाई उपलब्ध गराएको सहमतिपत्रमा देखिन्छ ।

वडा अध्यक्षबाट २०८२ साउन ११ गते प्रमाणित भएको उक्त द्विपक्षीय सम्झौता पत्रमा साक्षीका रूपमा चन्देश्वर दास र थमन तामाङको हस्ताक्षर रहेको छ।
पत्रकार सम्मेलनमा बोल्दै कैलाश केसीले आफूले घरजग्गाको राजीनामा पास गरिसकेको र मुद्दासमेत फिर्ता लिएर सम्झौताको पालना गरिसकेको बताए। तर, लिजा पुडासैनी, उनका पति विशाल दास र ससुरा चन्द्रेश्वर दासले भने शक्ति र पहुँचको भरमा बाँकी रकम नतिर्ने नियत राखेर आफूलाई पीडकका रूपमा चित्रित गर्न खोजेको केसीको गुनासो छ।
‘कागज र कानुनबमोजिम मैले पाउनुपर्ने १ करोड २८ लाख रुपैयाँको भुक्तानी पाउनेबित्तिकै सम्झौताको शर्तअनुसार ७ दिनभित्र घर खाली गरिदिन्छु,’ केसीले भने, ‘तर सहमति कार्यान्वयन गर्नुको साटो बारम्बार धम्क्याउने र सञ्चार-माध्यममा मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ।







प्रतिक्रिया