कांग्रेस १५औँ महाधिवेशन: कलाकार कल्पना सुनुवार प्रदेश प्रतिनिधिमा निर्विरोध चयन


काठमाडौं । कलाकार कल्पना सुनुवार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट जनजाति महिलातर्फ बागमति प्रदेश प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी छिन्।

तोकिएको समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि सुनुवार निर्विरोध चयन भएकी हुन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रामेछापकी जिल्ला अध्यक्ष तथा रामेछाप सांस्कृतिक कलाकार समाजकी उपाध्यक्षसमेत रहेकी सुनुवारले प्रदेश तहमा जनजाति, महिला तथा कला–संस्कृतिका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएकी छिन्।

उनले धेरै स्टेज कार्यक्रम गरेकी छन् भने दर्जन भन्दा बढी चर्चित लोक तथा दोहोरी गितहरु बजारमा ल्याइसेकेकी छन् ।