काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै चालिसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न देशबाट अतिथिहरू आउने क्रम सुरु भएको जानकारी दिए ।
उनले सकेसम्म सबैलाई समेटेर लैजाने प्रयास भइरहेको बताए । अधिकांश नेताहरू महाधिवेशनमा सहभागी हुने र केही निजी आकांक्षा राख्नेहरू बाहिर रहने उनको भनाइ छ ।
नवीन ऊर्जाका साथ महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिँदै उनले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि आह्वान गरिसकिएको जानकारी दिए ।
साथै उनले आगामी महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।




प्रतिक्रिया