काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार ठिक दिशामा अगाडि नबढेको टिप्पणी गरेको छन् ।
बिहीबार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले यस्तो टिप्पणी गरेका हुन् ।
साथै, उनले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैं सहयोग गर्दै आएको पनि बताए ।
सरकारको ६ महिनाको समीक्षा गर्दा केही काम सकारात्मक भएपनि समग्रमा ठिक ढंगले जनहितमा काम गर्न नसकेको आरोप उनले लगाए ।
‘हामीले सुरुमै भनेका थियौं सरकारले राम्रो काम गर्दा हामीले सहयोग गर्छौं, नराम्रो गरेको ठाउँमा आलोचना गर्छौं भनेर भनेका थियौं । र यो ६ महिनामा सबै कुरा सकारात्मक छैनन् भन्ने त होइन । तर समग्रमा हेर्दा सरकार ठिक दिशातिर गइराख्या छैन,’ प्रचण्डले भने ।




प्रतिक्रिया