म्यादी प्रहरीको कपडा खरिद प्रकरण: मनिष झाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन


काठमाडौँ । म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा देखिएको विवादबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार बसेको समितिको बैठकले झाको नेतृत्वमा समिति गठन गर्दै दुई महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

समितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।

कपडा खरिदमा अनियमितताको आशंका उठेपछि छानबिन समिति बनाउने वा अध्ययन समिति गठन गर्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको थियो। अन्ततः तत्काल छानबिन नगरी विषयको अध्ययन र आवश्यकताअनुसार थप प्रक्रिया अघि बढाउने निर्णय भएको हो।