सभामुख अर्याल र राष्ट्रपति पौडेलबिच शिष्टाचार भेटवार्ता


काठमाडौँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।