काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन् ।
२०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म ६२ वटा बैठक बसी २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा व्यतित भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।
यस अधिवेशनमा दुवै सदनबाट १२ वटा विधेयकहरू पारित भइ ११ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् ।
सभामुख अर्यालले संसद्को यस अधिवेशनमा कानुन निर्माण बहुमतको प्रक्रिया मात्र नभई संवाद, विमर्श, सहमति र सहभागिताबाट जनमुखी बन्ने मान्यता स्थापित भएको र महत्त्वपूर्ण कानुनहरू निर्माण गरिएको बताए ।




प्रतिक्रिया