करिब १ सय ५५ किलोग्राम गाँजा सहित एक जना पक्राउ


बारा । जीतपुरसिमरा उपमहानगरपालिका-८ ईमलिप्रतिबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलो ६ सय ३५ ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने २८ वर्षीय अम्बिर डिम्डुङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले मकवानपुरको मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी कार चालक अम्बिरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।