जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
नापजाँच भएको करिब नौ वर्षपछि नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गर्दै उनीहरूलाई जग्गाको कानुनी स्वामित्व प्रमाणित हुने लालपुर्जा वितरण गरेको हो। बटेश्वर गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा सम्बन्धित परिवारलाई प्रमाणपुर्जा हस्तान्तरण गरिएको थियो।
साबिक बटेश्वर गाविस वडा नं. १ देखि ९ सम्मका विभिन्न क्षेत्रमा लामो समयदेखि स्ववासी अर्थात् गाउँ ब्लकको जग्गामा बसोबास गर्दै आएका परिवार लालपुर्जा पाएसँगै आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गर्न सफल भएका छन्।
उक्त क्षेत्रको जग्गा नापजाँचको काम २०७४ सालमै सम्पन्न भएको थियो। तर, आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा नापजाँच सम्पन्न भएको लामो समयसम्म पनि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन्।
लामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि स्ववासी परिवारले आफ्नो जग्गाको आधिकारिक प्रमाणका रूपमा लालपुर्जा प्राप्त गरेका हुन्




प्रतिक्रिया