काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
शर्माले वर्तमान राजनीतिक परिवेशमा कांग्रेसलाई थप जनमुखी र नागरिकसँग प्रत्यक्ष जोडिएको पार्टीका रूपमा अघि बढाउन आफूले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको बताए । उनले गाउँदेखि दूरदराजसम्मका नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई पार्टीको राजनीतिक एजेन्डाको केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लोकतन्त्र पुनर्स्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लविङ’ गरेको उल्लेख गर्दै शर्माले कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको दाबी गरे ।




प्रतिक्रिया