काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। जुम्लाको स्याउ बाँडेर बैठकको सुरुवात गरिएको हो।
बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनका विषयमा छलफल हुँदैछ। विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनको एजेन्डा पनि बैठकमा रहेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
त्यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियानसहित पार्टीका अन्य सांगठनिक विषयमा पनि छलफल हुने उनले बताए।




प्रतिक्रिया