भारत जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ


काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने भएका छन्।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ आगामी असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने बैठकमा सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ।

बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।