कांग्रेस महाधिवेशनमा चारवटा प्रतिवेदन प्रस्तुत पेस


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन प्रस्तुत गरिएका छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक, महामन्त्री गुरुराज घिमिरेले सांगठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका हुन्।

पेस गरिएका प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरिरहेका छन्।

कांग्रेसले बन्दसत्रलाई तराई, पहाड र हिमाल गरी तीनवटा हलमा विभाजन गरेर सञ्चालन गरेको छ। तीनवटै हलमा चार प्रतिवेदनमाथि छलफल भइरहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।