काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षा सूचना चुहावटको आरोपमा उनलाई निलम्बन गरिएको हाे ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेपछि दाहाल उनलाई भेट्न टेकुस्थित प्रहरी कार्यालय पुगेका थिए। त्यसपछि राणा पक्राउ परेको सूचना सार्वजनिक भएको थियो।
दाहाल राणा नातेदारसमेत हुन्। गृह मन्त्रालयले राणालाई भेट्न पुगेको विषयमा दाहालसँग स्पष्टीकरणसमेत लिएको थियो। दाहालले पारिवारिक सदस्यबाट पक्राउबारे जानकारी पाएपछि भेट्न गएको बताएका थिए।
तर, राणा पक्राउसम्बन्धी गोप्य सूचना दाहालबाटै बाहिरिएको दाबी प्रहरी नेतृत्वले गर्दै आएको थियो। यही विषयमा मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई निलम्बन गरिएको हो।




प्रतिक्रिया