काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षा सूचना चुहावटको आरोपमा उनलाई निलम्बन गरिएको हाे ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सोमबारको मन्त्रीस्तरीय निर्णयानुसार दाहाललाई निलम्बन गरिएको हो। उनीमाथि लागेको अभियोगबारे जाँचबुझ गर्न र ३ दिनभित्र प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
मन्त्रालयले आफ्नो मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील सूचना चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी र विश्लेषण भइरहेको जनाएको छ। कानुन विपरीतका गतिविधिमा संलग्न जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने र मन्त्रालय विधिको शासन एवं सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
दाहालले पक्राउ गरेको अवस्थामा पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेटेको आरोपमा कारबाही गर्न लागिएको हो।





प्रतिक्रिया