काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली प्रकाशित गरेको छ। समितिले एक सूचना जारी गर्दै प्रथम नामावली प्रकाशन गरिएको जानकारी गराएको हो। जसमा कुल ७,११४ जना मतदाता रहेको उल्लेख छ ।
नेपाली कांग्रेसको विधान २०१७ (एघारौँ संशोधन सहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौँमा महाधिवेशन जारी छ। सोही महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनका लागि मतदाताको सूची सार्वजनिक गरिएको हो।
प्रकासित नामावली नेपाली कांग्रेसको आधिकारिक वेबसाइट (www.nepalicongress.org) र आधिकारिक फेसबुक पेजमा हेर्न सकिने समितिले जनाएको छ।




प्रतिक्रिया