भोटेकोशी-त्रिशूली विपद्‍सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै


काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्‍’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ ।

संसद् सचिवालयका अनुसार बैठक मंगलबार बिहान ९ सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्ने छ ।

बैठकमा ‘जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशूली विपद्’ सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।