काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेसको १५औं महाधिवेशनमा खतिवडाले खुलातर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसमा निर्वाचनबाट खुलातर्फ दुई, खस आर्य, महिला, आदिवासी जनजाति, मधेसी, थारू, दलित, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यकमा एक–एक गरी ११ जना आउने व्यवस्था छ।
चार जना सहमहामन्त्री सभापतिले मनोनीत गर्ने विधानको नयाँ व्यवस्था छ। राजीव ढुंगाना, अजयबाबु सिवाकोटी, विकास कोइराला र भरत खड्काको उम्मेदवारी घोषणा गरेका छन्।
महिलातर्फ प्रतिमा गौतम, ईश्वरी न्यौपाने, सीता गुरुङ र रिता खनाल, थारूतर्फ योगेन्द्र चौधरी र तेजुलाल चौधरी, मुस्लिमतर्फ अब्दुल सत्तार र पिछडिएको क्षेत्रमा जीवन शाही, मिन भाम, जनकराज गिरी र रामबहादुर विष्टले उम्मेदवारी दिन लागेका छन्।
त्यस्तै, मधेसीतर्फ महेन्द्र यादव, अभिषेकप्रताप शाह र मनिष मिश्र, आदिवासीतर्फ अमबहादुर घर्तीमगर र बर्मा लामा, अल्पसंख्यकतर्फ प्रदीप सुनुवार र योगेन्द्र गौचन थकाली गरी २८ जनाको दाबी छ।




प्रतिक्रिया